धरान/नारायणगढ—मुग्लिन सडकमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आधा दर्जनबढी सवारी साधन पुरिएका छन् ।मुग्लिन सडकअन्तर्गत चितवनमा पर्ने कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सवारी साधनसँगै पुरिएर मोटरसाइकल चालक लमजुङ्ग सुन्दर बजार नगरपालिका–३ भोटेओडार बस्ने ४५ बर्षीय रेसराज र टयांकरको सहचालक भारतको बेतीया घर हुने २५ बर्षीय बियनय कुमार कोईरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मोटरसाइकल चालकको १५ बर्षीय छोरा सन्दिप राना, टयांकर चालक पर्सा लक्षुमनुवा– १८ बस्ने ३६ बर्षीय बनु पटेललाई घाइते अवस्थामा उद्धार गरि उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ ।बिहान १०ः४० बजेको समयमा खसेको सुख्खा पहिरोले सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले एउटा मिनी ट्रकलाई पहिरोबाट निकालेको छ । मिनी ट्रक चालक सकुसल रहेका छन् । पहिरोमा पुरिएको टयाङकरलाई समेत बाहिर निकालेको छ ।उक्त पहिरोमा परि ट्याङकर १, ट्रक १, मिनी ट्रक १, कार १, मोटरसाइकल १ गरी ५ वटा सवारी साधनमा क्षति भएको छ । दैनिक नेपालकाे सहयाेगमा