धरान / कोशी अञ्चल प्रहरीद्वारा सञ्चालित ‘डेल्टा अप्रेशन’ का क्रममा प्रहरीले लागूऔषधसहित एक युवालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले धरान–९ मा डेरा गरी बस्ने ३२ वर्षीय मनोज माझीलाई केही थान लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनी लागूऔषध प्रयोगकर्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको छ । आइतबार सा“झ ५ बजे पक्राउ परेका उनी मोरङ शनिश्चरे गाविस–४ का वासिन्दा हुन् । उनको साथबाट प्रहरीले एभिल १ एम्पुल, डाईजेलाब २ एम्पुल र लुपिजैसिक ४ एम्पुल र झोलामा लुकाई राखेको अवस्थामा स्पास्मो प्रोक्सिभन २७६ क्याप्सुल फेला पारेको हो । उनलाई लागूऔषध मुद्दामा कारबाही चल्ने डिएसपी ढकेन्द्र खतिवडाले बताए ।