चतरा/ नेकपा माओवादी केन्द्रले बराह नगरपालिका–१ र वडा नम्बर २ अन्तर्गत वडा कमिटी गठन गरेको छ । नगरपालिकाको वडा नम्बर–२ स्थित बीपी प्राथमिक विद्यालयको प्राङ्गणमा दुई वडाको संयुक्त भेला गरी वडा कमिटी गठन गरेको हो । वडागत भेला पार्टीका साविक बराहक्षेत्र गाविसका अध्यक्ष तुलसी पाण्डे (दीपक) को अध्यक्षता तथा पार्टीका सुनसरी जिल्ला निर्वाचन परिचालन कमिटीका सदस्य पुष्प ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको थियो । पार्टीले वडा नं १ अन्तर्गत प्रकाश किरातीको संयोजकत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गरेको छ भने सह संयोजकमा निमेष किराती छन् । यस्तै वडा नं २ मा रामबहादुर श्रेष्ठको संयोजकत्वमा २४ सदस्यीय वडा कमिटी गठन भएको छ । सहसंयोजकमा नन्दलाल विक र पर्शुराम कार्की छन् । चैत १८ गते संयुक्त वडा सम्मेलन गरी वडागत उम्मेदवार चयन गरिएको पार्टीले जनाएको छ ।