युएईबाट तीन नेपाली महिला फर्काइए
धरान / अवैधानिकरुपमा युएई पुगेका तीन महिलालाई नेपाल फर्काइएको छ । घरेलु कामदारका रूपमा युएई पुगेका इलामको महमाई–७ का आशमाया राई, झापाको बनियानी–४ की सविता गौतम र पृथ्वीनगर–९ की जशु शाहीलाई सोमबार नेपाल फर्काइएको नेपाली दूतावास युएईले जनाएको छ । युएईमा अलपत्र परेपछि उनीहरुले आबुधाबीस्थित दूतावासको सुरक्षित महिला आवास गृहमा पुगेका थिए ।
अहिले युएईको अजमानमा बस्ने सुष्मा श्रेष्ठले जशु र सवितालाई युएई पु¥याएकी थिइन् । यस्तै आसमायालाई झापाकी निर्मला लावतीले अवैधानिक रुपमा युएई पठाएको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































