धरान / स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा धरानमा उम्मेदवारमा तीव्र प्रतिष्पर्धा देखिएको छ । एमाले र माओवादी केन्द्रमा भन्दा पनि यहाँ काङ्ग्रेसमा मेयरका आकाङ्क्षी बढी देखिएका छन् । संविधानसभा निर्वाचनमा एमालेको निकटतम प्रतिष्पर्धीका रूपमा स्थापित काङ्ग्रेस मेयरको कुर्सी आपूmले कब्जा गर्ने रणनीतिमा छ । काङ्ग्रेसबाट मेयरको उमेद्धारको रुपमा महाधिबेशन प्रतिनिधी पर्वत राई,काङ्ग्रेशका पुर्व नगर सभापती किशोर राई,जिल्ला सचिब सुजेन्द्र तामाङ र युवा नेता संन्दिप श्रेष्ठ मेयरको आकांक्षीका रुपमा अडाडि देखिएका छन् । काङग्रेश भित्र अहिले पर्वत राईको नाम पनि निकै चर्चामा रहेको छ । नेपाली काङग्रेशका केही महाधिबेशन प्रतिनिधीहरुले पर्वत राईको संभाबना राम्रो भएको संकेत गरेका छन् । नेपाली काङग्रेशका महाधिबेशन प्रतिनिधी प्रिन्स अग्रवालले सबै उमेद्धार सक्षम र परिपक्व भएको बताउदै पर्वत राई युवाहरुमाझ प्रभाब जमाउन सफल भएको बताए ।सबै उमेद्धार परिपक्व र सक्षम हुनुहुन्छ पर्वत राई युवा र धरानका ब्यबसायीहरुमाझ प्रभाब जमान सफल हुनुहुन्छ,तर हामीले यस्तै हो भनेर निर्णय गरि सकेको अबस्था छैन । उनले भने ।महाधिबेशन प्रतिनिधी सन्तोष सापकोटाले पनि पर्वत राईपनि सक्षम र प्रभाबशाली उमेद्धार भएको बताए ।अरु उमेद्धारमा कमजोरी देखाउन खोजीएको हैन युवाहरुमाझ पर्वत राई अलि प्रीय नै भएको मैले पाएको छु उनले भने । महाधिबेशन प्रतिनिधी नन्दराज राईले पर्वत राईको उमेद्धारीले पनि काङग्रेशलाई फाईदा पुग्ने बताए । सबै उमेद्धार सक्षम र योग्य हुनु हुन्छ,उनले भने पर्वत राईपनि धरानका लागि बलियो उमेद्धार चै हुन् ।