धरान/ मोरङको सुन्दर हरैँचा–२ को जोगियारेमा बुधबार श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञ सुरु गरिएको हो । महायज्ञको उद्घाटन मोरङ क्षेत्र नम्बर ८ का सांसद् चण्डिप्रसाद राईले गरे । स्थानीयले विष्णु मन्दिर निर्माण थालेका छन् । महायज्ञ उद्घाटनपूर्व कलश यात्रा निकालिएको थियो । कलश यात्रा हरैँचा बजार परिक्रमा गरी कार्यक्रम स्थल पुगेको थियो । चैत २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा युवा कथावाचक पण्डित लक्ष्मण पौडेल शास्त्रीले गर्ने कार्यक्रम छ । त्यस्तै अन्यमा युवा पण्डित माधव मिश्र शास्त्रीले गर्ने प्रचार–प्रसार उपसमिति संयोजक लीलानाथ गच्छदारले बताए । सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले महायज्ञ लगाइएको आयोजक समिति अध्यक्ष नन्द माझीले बताए । महायज्ञबाट करीब २० लाख रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको छ ।