धरान / रामनवमीको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले पूर्वको प्रसिद्ध तिर्थस्थल सुनसरीको बराह क्षेत्रमा पूजापाठ गरेकी छन् । बुधबार दिउसो १२ः ३० बजे नेपाली सेनाको हेलिकप्टरबाट चतरा अवतरण गरेकी थिईन । हेलिकप्टरबाटै बराहक्षेत्रमन्दिरमा पुगी पुजापाठ गरि चतरधामास्थित राष्ट्रपतिकी आमा मिथिला पाण्डेले संचालन गरेको रामकुञ्ज महिला शान्ति आश्रममा पुगी भोजन ग्रहण गरेकी थिईन । नागरिक अभिनन्दन रामानन्दचार्य सेवा पिठको विशेष आग्रहमा सुनसरी आएकी राष्ट्रपति भ०डारीलाई बराह नगरपालिका तथा सेवापीठको तर्फबाट नागरिक अभिनन्दनसमेत गरिएको थियो । अभिनन्दन पत्र सुनसरी क्षेत्र नं ६ का संसद तथा नेकपा एमाले केन्द्रीय सचिव भीम आचार्यले बाचन गरेर सुनाएका थिए । राष्ट्रपति भण्डारीलाई पूर्व पर्यटन मन्त्रिसमेत रहेका संसद आचार्यले कोसी पिडितले राहत नपाएको बर्षेनी सप्तकोसीको बाढीबाट सयौ सर्बसाधारण घरवार विहिन परेको भन्दै राहत र क्षतिपुर्ति दिलाई दिन राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । उनले राष्टपति भण्डारीलाई भारत भ्रमणमा गएका बेला भारतीय राष्ट्रपति र भारतीय प्रधानमन्त्री समक्ष कोसीको समस्याका विषयमा कुरा राख्न र सहमति अनुसारको क्षतिपुर्ति दिलाई दिन समेत माग गरे । वृहत बराह क्षेत्र विकास योजना प्रस्तुत वृहत बराह क्षेत्र विकास योजना समितिले राष्ट्रपति भण्डारी समक्ष योजनाहरु प्रस्तुत गरि यहाँको विकासका लागि पहल गरिदिन आग्रह गरेको थियो । प्रस्तुत गरिएको योजनाका विषयमा राष्ट्रपति भण्डारीले सम्बोधनसमेत गरेन । भण्डारीले प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रको विकास र संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । आयुर्वेद विश्व विद्यालय चतरामा बनाउन पहल गर्ने रामानन्दचार्य सेवा पिठका पीठाचार्य डा. कृष्णदास महाराजजीको सकृयतामा उक्त क्षेत्रमा योगमाया आयुर्वेद विश्वविद्यालय बनाउने प्रस्तामसमेत अघि सारिएको थियो । आयुर्वेद विश्वविद्यलाय बनाउने विषय संसदमा ऐन बनाउने प्रक्रियामा रहेको बेला यहाँका स्थानियले चतरामा बनाउनु पर्नेमाग सहित अवधारण राष्ट्रपति समक्ष पूस्तु गरेको नेकपा एमाले जिल्ला कमिटि सदस्य मुरारी सुवेदीले जानकारी दिए । यस विषयमा स्थानिय राजनीतिक दल, नागरिक समाज, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा व्यापक छलफल समेत भएको थियो । कोसी कटानको अवलोकन कोसी कटान क्षेत्रको निरिक्षणको क्रममा राष्ट्रपति भण्डारीले सप्तकोसी नदीको विनास नियन्त्रण गरी तत्काल कोसी पीडितहरुलाई राहत वितरण गर्न सरकारलाई निर्देशन निर्देन दिने बताईन । कोसी पिडितको समस्याले आफ्नो ध्यानाकर्षण भएको भन्दै यस विषयमा सरकारलाई जानकारी गराउने र छिट्टै समस्याकबो समाधान खोज्न पहल गर्ने बताईन । उनले सप्तकोसीको विनासबाट हुने क्षतिको न्युनीकरण गर्न नेपाल सरकारले तत्काल भारत सरकारसंग पहल गरी सप्तकोसीको विनास नियन्त्रण गर्न समेत सरकारको ध्यानकर्षण गराउने बताईन । ‘सप्तकोसी नदीबाट विस्तापित भएका सर्बसाधारणको गास, बाँस र कपासको व्यबस्था मिलाउनु राज्यको दायित्व भएको बताईन । सप्तकोसी नदीमा २०२२ सालमा कोसी ब्यारेज निर्माण भएसंगै सुनसरी, उदयपुर र सप्तरी जिल्ल्लाका करिव १५ हजार सर्बसाधारण घरवार विहिन भई सुकुम्वासी जीवन विताई रहेका छन् । २ः१५ मा चरतराबाट सप्तरीका कोसी पीडित तथा उदयपुरको त्रियुगा नदिको कटान क्षेत्रको भ्रमण गरेकी छन् । कृष्णदास महाराज भू–समाधिबाट निष्किए एक साता अघि भु समाधी बस्नुभएका रामानन्दाचार्य सेवापीठ चतराधामका संरक्षक वैष्णव कृष्णदास महाराज बुधबार बिहान १० बजे जागृत भएका छन । गत बुधबारबाट सुरू भएको १५ दिने रामनवमी तथा हनुमान जयन्ती महोत्सवको अवसरमा भूसमाधिमा बसेका थिए । महोत्सवको अवलोकन गर्न आएका आन्तरीक पर्यटकहरूसंगै अन्तराष्ट्रिय मुलुकहरूबाट पनि भुसमाधिमा लिन भई जा गृत भएका ा कृष्णदाससमक्ष आसिर्वाद प्राप्त गर्न बुधबार बिहानैदेखी रामानन्दाचार्य सेवापीठ चतराधाममा घुइचो लागेको थियो ।
प्राचीन हरिद्वार चतराधामलाई धार्मिक पर्यटकीय क्षेत्र र आयुर्वेद शिक्षालय बनाउने उद्देश्यले शुरू गरिएको महोत्सवको समापन राष्ट्रपति भण्डारीबाट गरिएको हो । रामानन्दाचार्य सेवा पीठका संरक्षक कृष्णदास महाराजले प्रतिपादन गरेको सिद्ध महायोगको प्रचार र संरक्षण गर्नु पर्ने बताईन । महाराजको यो अलौकि शक्तिको सबैले प्रचार गर्नु पर्ने बताईन ।