भद्रपुर / आत्महत्याको प्रमुख कारण डिप्रेशन भएकाले आम मानिसले यसतर्पm ध्यान दिनुपर्ने बेला आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । ‘उदासिनताको बारेमा खुलेर कुरा गरौं’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवसको सन्दर्भमा जनस्वास्थ्य कार्यालय झापाले शुक्रबार आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा उक्त कुरामा ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । मानिसमा मानसिक तनाव, डर, त्रासले डिप्रेशन हुने र यसको उपचारका लागि खुलेर नआउने जटिल समस्याका कारण यो रोग बढ्न थालेको जनस्वास्थ्यका फोकल पर्सन ब्रजेश मेहताले बताए । नेपालसहित विश्वमा वर्षेनि डिप्रेशनका कारण ८ लाख मानिसको ज्यान जाने गरेको छ । यो रोगबाट ग्रसित ५० प्रतिशत मानिस उपचार गराउन नजाने गरेको तथ्याङ्कले देखाएको मेहताको भनाइ थियो । पुरुषभन्दा महिलालाई यो रोगले बढी सताउने गरेको छ । विश्वको कूल जनसङ्ख्यामा १८ प्रतिशत महिला, पुरुष र २० प्रतिशत बालबालिका डिप्रेशनबाट ग्रसित छन् । नेपालको सन्दर्भमा डिप्रेशनको उपचार गराउने अस्पताल र क्लिनिक नभएकाले मानिसहरू खुलेर उपचार गराउन आउन नसकेको अर्को जटिल समस्या देखापरेको कार्यालयले जनाएको छ । यसको उपचार सकारात्मक सोच, शारीरिक व्यायाम र चिकित्सकको सल्लाहमा औषधी सेवन गरे यो रोगबाट बँच्न सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।