काठमाडौं, २६ चैत– जर्मन विकास सहयोग (जीआइजेड्) मा रोजगारीको अवसर खुलेको छ । जीआइजेड्ले विभिन्न तीन पदमा नेपाली नागरिकबाट दरखास्त आह्वन गरेको छ ।

जीआइजेड्ले ‘क्यापासिटी डेभलपमेन्ट अफिसर’, ‘प्रोग्राम अफिसर’ र ‘एम एण्ड ई तथा नलेज म्यानेजमेन्ट अफिसर’का लागि दरखास्त आह्वान गरेको हो । सबै पदका लागि विश्वविद्यालय स्तरको डिग्री भएको हुनु पर्नेछ । भने सम्बन्धित विषय लिएर अध्ययन गरेको पनि हुनु पर्ने छ । यस्तै ‘वान हर्ट वल्र्डवाइड’ नाम अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि विभिन्न दुई पदमा दरखास्त आह्वान गरेको छ । वान हर्ट वल्र्डवाइडले ‘ट्रेनिङ÷फिल्ड सुपरभाइजर’ र जिल्ला कोर्डिनेटरका लागि दरखास्त आह्वन गरेको हो । आवश्यक पदका लागि न्यूनतम शैक्षिक योग्यता तथा सेवा सुविधाबारे बुझ्न यो लिंकमा क्लिक गर्नुहोला ।