इटहरी/ आदिवासी जनजाती युवा महासंघ नेपालको चौथो राष्ट्रिय अधिवेशन शनिबारदेखि इटहरीमा शूरु भएको छ ।

अधिवेसन उद्घाटन अघि जनजाती युवा महासंघको आयोजनामा इटहरीमा -याली निकालिएको थियो । ३ दिनसम्म इटहरीस्थित किरात राइ यायोक्खाको तायारिप्ची बहुदेश्यीय भवनमा शूरु भएको छ ।

अधिवशेनको उद्घाटन नेपाल जनजाती महासंघका केन्द्रीय नेताहरुले गरेका थिए ।स्थानीय निकायको निर्वाचन अगाडीनै संविधान संसोधन मार्फत सिमाङ्कन मिलाउनको लागि पनि आयोजकले माग गरेको छ ।