काठमाडौँ/ काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
शुक्रबार साँझ खानपिन भइरहेका बेला क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत छजनाले बौद्ध बस्ने पेम्वा शेर्पालाई कुटपित गम्भीर घाइते बनाएका थिए । उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न क्याफे सञ्चालक लामालसहित छ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।