विराटनगर /  गणतान्त्रिक कानून व्यवसायी परिषद् नेपाल मोरङको भेलाले शनिबार अधिवक्ता युगेश्वर साहुको संयोजकत्वमा नौ सदस्यीय मोरङ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । आगामी छ महिनाभित्र जिल्ला सम्मेलन सम्पन्न गर्ने उद्देश्यले गठन भएको परिषद्का सहसंयोजक अधिवक्ता लक्ष्मण घिमिरे छन् भने अधिवक्ता भरत कटुवाल पनि निर्वाचित भएका छन् । वरिष्ठ सदस्यमा जगत पुmँयल तथा सदस्यहरूमा हरिभक्त कठेत, हिमालध्वज लिम्बू, प्रेम घिमिरे, डम्बर मगर र कला त्रिताल निर्वाचित भएका छन् ।