धनकुटा / एक हप्ता अघि घरबाट हिँडेका धनकुटाका एक युवा वेपत्ता भएका छन् । साविक चानुवा ४ का ३५ वर्षिया मनकिशोर बुुढाथोकी वेपत्ता भएका हुन् ।
गत कार्तिक १८ गते वैदेशिक रोजगारीका लागि उनि कतार गएका थिए । करिव दुुइ हप्ता अगाडी २ महिनाका लागि स्वदेश फर्किएका उनि चैत्र १९ गते शनिवार श्रीमती हिरालाई आफुु आएको काम बनेन, कतारको टिकट सार्छु भन्दै काठमाण्डौ जान हिँडेका थिए । तर शनिवार वेलुका फोन गर्द विराटनगर छु भनेका बुुढाथोकीले आइतवार साँझ फोन गरेर आत्तिँदै अलग फोन नम्बरबाट फोन गर्दै यसमा तुरुन्त फोन गर्नु भनेको श्रीमती हिराले बताइन । अप्ठ्यारो अवस्थामा रहेको जस्तो लाग्ने गरि आत्तिएको स्वरमा फोन गरेर मलाई फोन गर भन्नुुभयो । हिराले भनिन्, तर तुुरुन्तै फोन गर्दा त्यो मोवाइल स्वीच अफ भयो । वहाँको मोवाइल पनि अफ नै छ । कतैबाट कुनै खबर आएको छैन । मनकिशोरको परिवारको स्थानिय चानुवा प्रहरी चौकी खोजीका लागि निवेदन दिएको छ । तर प्रहरीले प्रभावकारी ढंगले खोजी गर्न पहल नगरेको भन्दै गुनासो गरेको छ ।