काठमाडाै/पाकिस्तानी सेनाका एकजना पूर्व कर्णेल नेपालको लुम्बिनीबाट बेपत्ता भएका छन् ।पाकिस्तानी सेनाबाट दुई वर्षअघि सेवा निवृत्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हविद तीन दिनदेखि हराइरहेका समाचार पाकिस्तानी पत्रिका ‘डन’ले प्रकाशित गरेको छ । सामाचार आएलगत्तै काठमाडौंस्थित पाकिस्तानी दूताबासले पनि यसबारे नेपाल सरकारलाई शुक्रबार नै जानकारी दिइसकेको छ । उनी भारतीय सीमा जोडिएको क्षेत्रमा हराएको हुँदा यसमा भारतको हात हुन सक्ने पाकिस्तानले आशंका गरेको छ । यो कार्य योजनाबद्ध ढंगबाट भएको हुनसक्ने पाकिस्तानको पत्रिका डनले जनाएको छ । डनले पाकिस्तानको काठमाडौंस्थित नेपाली दूतावासका उपप्रमुख जावेद इब्रानीलाई उद्धृत गर्दै उनी हराएको विषयको जानकारी नेपाल सरकारलाई पठाइएको उल्लेख गरेको छ ।दैनिक नेपालले समाचार सार्बजनिक गरेकाे छ । परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर विभागले उनी हराएको विषय सम्बन्धित निकायमा खवर गरेर खोजी कार्य र यथार्थ बुझ्ने काम गरिरहेको जानकारी एक अधिकारीले दिए । उनी बिहीबारदेखि परिवारको सम्पर्कमा नभएको समेत उल्लेख छ । दूतावासले नेपाल सरकारलाई आफ्नो नागरिकको खोजि गरिदिन आग्रह गरिसकेको जनाएको छ । उनलाई जागिरको लागि अन्तर्वार्ता भन्दै नेपालमा निम्त्याइएको र उनलाई सम्पर्क गर्ने उपयोग भएको कन्ट्याक्टको डोमिन भारतमा दर्ता भएको लगायतका विषयले यसलाई पाकिस्तानले गम्भीर र पूर्ण तयारीका साथ भएको हुनसक्ने भन्दै बाहिर ल्याएको छ । सन २०१४ मा पाकिस्तानी सेनाको लेफ्टिीनेन्ट कर्णेलबाट उनी सेवा निवृत्त भएका थिए । त्यसपछि उनी निजी संस्थामा काम गर्दै आएका थिए भने अन्य अन्तर्राष्ट्रिय स्तरको जागिरको खोजिमा रहेको समेत उल्लेख छ । उनी मार्क थम्सनले जबको लागि अन्तर्वार्ता भन्दै नेपाल बोलाएपछि लाहोरबाट बुधबार काठमाडौं लागि उडेका थिए । उनी बिहीबार काठमाडौं आइपुगेको र त्यही दिन लुम्बिनी पुगेका थिए । उनलाई लुम्बिनी गएपछि एकपटक घरमा सम्पर्क भएपनि त्यसपछि उनको सम्पर्क हुनसकेको छैन्