-
Home
-
पूर्व
-
सुनसरीको प्रकाशपुरमा ११ परिवारको घर जल्दा ७६ लाख बढीको क्षति
सुनसरीको प्रकाशपुरमा ११ परिवारको घर जल्दा ७६ लाख बढीको क्षति
- चैत्र २७, २०७३
- ब्लाष्ट खबर
धरान/बराह नगरपालिका–९ प्रकाशपुरमा भएको आगलागीमा परेर करिव ७६ लाख रुपैया बराबरको क्षति भएको छ ।
११ परिवारको घर जलेर नष्ट भएको छ । फुसले छाएको घरहरु पूर्णरुपमा जलेर नष्ट हुँदा करिव ७६ लाख ७५ हजार रुपैयाको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इनिस्पेक्टर गंगा पौडेलले जानकारी दिए ।
उनका अनुसार भुपेश चन्द्रबंसीको भात पकाउने चुल्होबाट सुरु भएको आगोले नजिकै रहेका अन्य घरहरुलाई भेटेको थियो । बासले बारेको टाटी र फुसको छानो भएकाले पनि सबै घरहरु जलेर नष्ट भएको हो ।
हावा चलेका कारण पनि साढे ५ बजेदेखि सुरु भएको आगो नियन्त्रण लिनको लागि करिव २ घण्टा बढी लागेको थियो । जनपथ प्रहरी, सशस्त्र प्रहरी, र स्थानीय साथै इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको इनिस्पेक्टर पौडेलले जानकारी दिए ।
आगलागीबाट सोही ठाउका सीताराम कविरत, लोचन कविरत, जयराम कविरत, सिवन कविरत, बहारुल कविरत, दिलिप कविरत, मिथिल कविरत, रघुनाथ कविरत, गोकुल कविरत, र पर्शुराम कविरतको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।