आँपगाछी/ मनभरी सपना बुुनेर आफ्नो परिवालाई सुखी राख्नका लागि २५ वर्ष अघि बिदेशिएका इटहरी १ आँपगाछीका निरकुमार राईको सपना चकनाचुर भएको छ । श्रीमती जरिना राई श्रीमानले कमाएको लाखै रुपैयाँ सहित विभिन्न ब्यक्ति तथा सहकारीबाट ऋिण लिएर भागेपछि उनको सपना चकनाचुर भएको हो ।
रोजगारीको सिलसिलामा २५ बर्ष पहिले साउदी अरब पुगेका राई घर आउँदै जादै गदै थिए । बिदेशको भुमीमा ज्यान जोखिममा राखेर फरामको काम गदै आएको उनले दुई वर्ष अगाडी घुडा र दाईने खुट्टा भाचिए पछि घुडा नै फेरीएको र भर्खरै घर आउँदा श्रीमती सम्पर्क विहिन भएर भागेको दुखेसो गरे ।
परीवार सम्झेर दिनरात नभनी पसिना चुहाए । श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएको बताए उनले श्रीमतीले आफ्नो सपना चकानाचुर भएको गुनासो गरे । २०७० सालमा घर आएर विदेश गएको वेला २२ महिनामा आफ्नो कम्पनीमा ठुलो दुर्घट्ना भएर धन्न बाचेको सुनाउँने उनले भने २७ महिना यता घर आउँदा करीब एक करोड भन्दा वढि रकम ऋिण भएको थाहा पाए उनले भने ।
म त्यत्रो ऋिण कसरी कमाएर तिरौ ,अब मैले कमाएर तिर्ने अवस्थामा छैन उनले दुखेसो पोख्दै भने । २ छोरा एक छोरी पढाउँदै आएको वताउँदै विदेशबाट आए सँगै आमाको काजक्रियामा मुलघरमा आए सँगै श्रीमती सम्पर्क विहिन भएको छिन फोन पनि लाग्दैन उनले गुनासो गदै भने । जरिनाले घरको केहि तथा थपेको वहानामा समेत लाखै रुपैया आफु ढुवेको बताए । २५ वर्षे दुख गरेको सम्पती खरानी भयो के गर्नु पिडित उनले भने । लठ्ठीको सहरामा हिडेका उनले आफु अहिले मर्नु न बाँच्नुको अवस्थामा रहेको भन्दै श्रीमतीले लाखै रुपैयाँ झ्याम पारेको उनको भनाई थियो ।
आफुले विदेश गएर २२ महिनामा २० लाख रुपैया पठाएको र उल्टै लाखै रुपैयाँ ऋिण देखाएको उनको भनाई थियो । घरमा तालाचाली लगाएर श्रीमती भागेको उनको भनाई थियो । अहिले ऋिण तिर्ने हो भने घरको सारा सम्पती बेच्दा पनि पुग्दैन उनले भने । सँगै जिउने सँगै मर्ने बाचा गरेर लगन गाँठोमा बाँधिएका श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि गरेको थिईन राई बताउँछन् । म जिन्दगीभरको लागी अशक्त भए अझै चोट दिएर श्रीमती काँ हिडि हिडि उनले थपे ।
मलाई भाग्यले पनि यति धेरै ठग्यो,मैले उस्ले जथाभावी गरी मोजमस्ती गरेको रकम कसरी तिर्ने उनको प्रश्न थियो । यस्ता घटनाले महिला अधिकारसँगै पुरुषहरुको अधिकारको लागी न्यायिक कानुनको अभाब खड्किएको कतिपयको बुझाई छ । महिलाद्धारा पुरुष पिडित भएको दैनिक सुनिए पनि अधिकारकर्मीहरु यसबारे बोल्ने गरेको पाइन्न ।