सुनसरी/सुनसरीको बराह नगरपालिका–६ स्थित कोउवाटोलीका आगोलागीपीडितलाई स्थानीय प्रशासनले राहत उपलब्ध गराएको छ । सुनसरीका प्रमुख जिल्ल अधिकारी गोपाल पराजुली, प्रहरी प्रमुख एसपी पोषराज पोखरेलसहितको टोलीले सोमबार राहत वितरण गरेको हो । टोलीले प्रतिपरिवार ६ हजार रुपैयाँ, लत्ताकपडा, भाडाबर्तन, चामल, त्रिपाल वितरण गरेको छ । आइतबार (हिजो) भएको आगोलागीमा परी ११ घर जलेर नस्ट भएको थियो ।