बिर्तामोड / सुनसरीको इटहरीबाट सञ्चालित एरिना टेलिभिजनले आयोजना गरेको ‘स्कुल आइडल’ का विजेताले आयोजकले पुरस्कार नदिएर ठगी गरेको आरोप लगाएका छन् । टेलिभिजनले प्रतियोगिता सकिएको आठ महिना बित्दासम्म पुरस्कार नदिएको उनीहरूले बताए ।
गत साउनमा समापन भएको स्कुल आइडलमा बिर्तामोडकी अपेक्षा राई प्रथम भएकी थिइन् । उनीसहित बिर्तामोडका इरान्त पौडेलले पनि तोकिएको पुरस्कार नपाएको बताए । राई र पौडेलले एरिना टिभीबाट सञ्चालित ‘स्कूल आइडल’ गायन प्रतियोगिताको उपाधि जितेको आठ महिना बितिसकेको छ । पूर्वका विभिन्न विद्यालयका सयौं विद्यार्थीले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिता गत साउनमा भएको थियो । तर, फाइनल राउडमा एउटा ट्रफीबाहेक हालसम्म केही नपाउँदा उनीहरू खिन्न छन् । बिर्तामोडको रुद्र मेमोरियल स्कुलमा कक्षा ७ मा पढ्ने अपेक्षा र काबेली बोर्डिङको कक्षा ८ मा पढ्ने इरान्त पुरस्कार कहिले पाइन्छ भनेर अभिभावकलाई सोधिरहन्छन् । ‘कतिपटक फोन गरेर सोधिसक्यौं’, अपेक्षाकी आमा सरुले भनिन्, ‘मिति फेरेको फे¥यै गर्छन्, तोकिएको मितिमा फोन गर्दा फोन स्वीच अफ गरेका हुन्छन् ।’ प्रतियोगिताको विजेतालाई ५० हजार रूपैयाँ, कम्प्युटर, मोबाइल र स्कलरसीप दिने भनिएपनि पछि आयोजकले स्कलरसीप र ५० हजार मात्र दिने घोषणा गरेको सरुले बताइन् । पुरस्कारका लागि आपूmहरूले पटक–पटक सम्पर्क गर्दा पनि एरिना टिभीका सञ्चालक यस कुराबाट पन्छिएको सेकेन्ड रनरअप इरान्तका बुबा तुलसी पौडेलले बताए । ‘कार्यक्रम सुटिङका लागि एक वर्षसम्म धाइरह्यौं’, उनले भने, ‘एकपटक इटहरी पुग्दा ७ हजारजति खर्च हुन्थ्यो, हामी लगभग २० चोटी इटहरी जाँदा एक लाख जति खर्च भयो । तर, २० हजार रूपैयाँ पुरस्कार मेरो छोरालाई दिइएन ।’ अपेक्षा र इरान्तका अभिभावकका अनुसार फाइनल राउण्डमा सहभागीहरूको डकुमेन्ट्री देखाउने भनेर टिभीले जनही ५ हजार सङ्कलन गरेको थियो । पछि टप–१० को एल्बम निकाल्ने भनेर आयोजकले जनही २५ हजार उठाएको अपेक्षाका बुबा टाजी राईले बताए । ‘त्यो एल्बम पनि भोटिङअघि नै लञ्च गर्ने भनिएको थियो । तर, गरिएन’, उनले भने, ‘अहिले महिनौंपछि पो घरमा ल्याएर सिडी छोडिदिएछन् ।’ पटक–पटक सम्पर्क गर्दा पनि पुरस्कार नपाएपछि अभिभावकहरु प्रशासन गुहार्ने सोचमा छन् । उनीहरूका अनुसार एरिना टिभीले एकपटक चाहिँ पुरस्कार दिने भनेर बोलाए पनि दिएन । ‘अस्ति भर्खर बिर्तामोडकै काबेली स्कूलमा आएर पुरस्कार दिने भन्नुभयो’, इरान्तका बुबा तुलसीले भने, ‘टिभीबाट स्टेशन मेनेजर दीपेन्द्र शाक्य लगायत आउनुभयो, अतिथि बन्नुभयो । तर, पुरस्कार नदिइ जानुभयो ।’ अब प्रशासनमा गएर क्षतिपूर्तिसहित पुरस्कार चाहियो भनेर निवेदन दिने उनले बताए । ‘थेत्तरो भइसकेका छन्, जति भन्दा पनि लागेन’, अपेक्षाकी आमा सरुले भनिन्, ‘पुरस्कारको महत्व ठूलो हुन्छ । तर, हामीले त पाउँदैपाएनौं । नानीहरूलाई के जवाफ दिनु हामीले ?’ एरिना टिभीका समिर कार्कीलाई पटक–पटक सम्पर्क गरिएको पीडित अभिभावकहरू बताउँछन् । उनीहरूका अनुसार समिर त्यस टिभीका प्रवन्धक हुन् । प्रथम पुरस्कारको प्रायोजक पाथीभरा डिजिटल कलर ल्याबका बलराम समाललाई सम्पर्क गर्नु भन्दै उनी पन्छिने गरेको सरुले सुनाइन् । यसबारेमा बुभ्mन एरिना टिभीका समिर कार्कीलाई सम्पर्क गर्दा उनले आपूm टिभीको सामान्य कर्मचारी मात्र भएको बताउँदै पन्छिए । पुरस्कारको बारे सोध्दा उनले यसअघि पुरस्कार दिइसकेको भन्दै फोन काटे । दोस्रो पटकको सम्पर्कमा उनले यस पुरस्कारको जिम्मा पाथीभरा डिजिटलका बलराम समाललाई दिइएको बताए ।