धरान / अर्थ मन्त्रालयले यही परियोजना अन्तर्गत इटहरीदेखि धरानसम्मको बाँकी सडक खण्ड विस्तारको लागि अहिलेसम्म अनुमति नदिएकाले ठेक्काको प्रकृया अगाडि वढाउन नसकिएको आयोजनाले जनाएको छ ।

पहिलो चरणको विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको ६ लेनको सडक विस्तारका लागि कनचनजघा/पी एस गिताञ्जली जेवी, ठुकुचु कान्छा राम हिम्डुङ, शर्मा कान्छाराम, आशिस एपेक्स रोशन, कालिका कान्छा राम जेवी, तुक्जी रमन जेवी निर्माण कम्पनीलाई विभिन्न खण्ड-खण्ड गरेर नाला निर्माणदेखि ६ लेनको सडम निर्माणसम्मको ठेक्का पाएको थियो ।

त्यसैगरी एआईपीए पप्पुलाई त्यसबीचमा ६ किलो मिटर सडकको दायाँ बायाँ नाला निर्माणको ठेक्का लगाइएको थियो । रानी विराटनगर-इटहरी-धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ सम्ममा विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडक ६ लेनको वनाई सक्नु पर्ने भएपनि सडक विभागले यसकार्यलाई खासै महृत्व नदिदा सडक निर्माणको काम अनिश्चित वन्दै गएको छ ।

‘बजेट समयमा नआउँदा काम सुरु भइसकेको विराटनगर-इटहरी सडकको काम रोकिएको छ एकातर्फ भने, इटहरीदेखि धरानसम्मको ६ लेनको सडक निर्माण गर्ने कामका लागि अर्थ मन्त्रालयवाट स्वीकृत भएको छैन । यस्तो अवस्थामा दोस्रो चरणको काम अनिश्चित बन्दै गएको छ ।’ इञ्जिनियर पोखरेलले भने ।

२०७० साल असारवाट कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानीदेखि धरान सडक खण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको वनाउने परियोजना सुरु भएको थियो ।

६ लेन सडकः दुहबी बजार क्षेत्रमा ठेक्का नै लाग्न सकेन