बर्दिबास/ धुर्मुस–सुन्तली फाउण्डेसनले मुसहर समुदायका लागि बर्दिबासमा निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।
बर्दिबास २ को मुसहर समुदायका लागि फाउण्डेसन बनाएको ५३ वटा भवन शुक्रबार एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले एकीकृत मुसहर बस्ती संरक्षण समिति अध्यक्ष बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तरुण गरेका हुन् ।