चट्याङ लागेर धनकुटामा दुईको मृत्यु
धरान/हावाहुरीसँगै परेको चट्याङ लागेर शनिबार धनकुटामा दुईजनाको ज्यान गएको छ ।
चट्याङले लागेर खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–१ छिन्ताङकी ३६ वर्षीया छत्रकुमारी राई र साँगुरीगढी गाउँपालिका वडा नं. १० आहालेकी २४ वर्षीया कृष्ण राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिप राजभण्डारीले बताए । कृष्ण राईलाई मोवाईलमा कुराकानी गरी रहेको अवस्थामा चट्याङ लागेको थियो भने छत्रकुमारीको साथमा पनि मोवाइल रहेको प्रहरीले बताएको छ ।
चट्याङ लागेर मृत्यू भएका दुबै जनाको लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । उनीहरुको लासलाई भोलि पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईने प्रहरीले बताएको छ । चट्याङ लागेर दुबै जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताएको छ । सन्ताेष रूचालकाे सहयाेगमा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































