धनकुटा/ स्थानिय शान्ति समिति धनकुटाको आयोजनामा धनकुटामा शान्ति प्रर्वद्धनमा स्थानिय निकाय तथा सरोकारवालाहरुसगकोँ अन्तरक्रिया कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

कार्यक्रममा द्धन्द्ध व्यवस्थापन स्थानीय शान्ति कोष निमार्णको लागी तयार पारिएको अवधारणको विषयमा छलफल गरिएको थियो । स्थानिय शान्ति समिति धनकुटाका पुर्वसंयोजक टिकाप्रसाद घिमिरको अध्यक्षतामा भएको कार्यक्रममा वर्तमान संयोजक वलवहादुर राईले द्धन्द्ध व्यवस्थापनका लागी स्थानीय शान्ति कोष निमार्णको लागी तयार पारिएको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अवधारणापत्र प्रस्तुत गर्दै संयोजक राईले स्थानीय तहमा नै शान्ति कोष स्थापना भए राहत नपाएका व्यक्तिलाई केही मात्रामा सहयोग पुग्ने तथा आयआर्जनको क्षेत्र केही मात्रा भएपनि सहयोग पुराउन सकिन्छ भन्ने उद्देश्यले स्थानीय शान्ति कोषको अवधारणा ल्याएको वताए ।

द्धन्द्धको समय मृत्यु भएका मृतक परिवार,वेपत्ता,अंगभंग÷अपाङ्ग,कैद वा हिरासत ,अपहरण,आन्तरिक रुपमा विस्थापित,टुहुरा बालवालिका र चलअचल सम्पति क्षति लगायत स्थानिय शान्ति कोष कार्यान्व्यनका क्षेत्रहरु रहेको कार्यक्रममा जानकारी गराईएको छ ।

कोष स्थापनाका लागी आर्थिक श्रोतका सम्भावित निकायमा स्थानिय निकायहरु नगरपालिका,तथा गाउँपालिका रहेको कार्यक्रममा जानकारी गराईएको छ । कार्यक्रममा साविक विभिन्न गाविसका गाविस सचिव,गाउँपालिका तथा नगरपालिका कार्यकारी अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका स्थानिय विकास अधिकारी पर्वप्रसाद सापकोटा, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थप्रसाद धिताल लगायतले आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य स्थानिय शान्ति समितिका सदस्य टिका भण्डारीले राखेका थिईन भने कार्यक्रमको उद्देश्यको वारेमा पुर्वसंयोजक विजयसन्तोषी राईले प्रकास पारेका थिए । कार्यक्रमको सञ्चालन कार्यालय सचिव सिता भण्डारीले गरेकी थिईन ।