निखिल उप्रेती र प्रियंका कार्की अभिनित  सिनेमा ‘राधे’  रिलिज भएको दुई दिनमा करोड क्लबमा प्रवेश गरेको छ । नयाँ वर्षको अवसर पारेर रिलिज भएको यस सिनेमाले पहिलो दिनमा ८५ लाख र दोस्रो दिन ४२ लाखको व्यापार गर्दै एक करोड २७ लाखको ग्रश कलेक्शन गरेको छ । ६५ लाख लगानी रहेको सिनेमाले लगानी उठाउनका लागि भने अझै ५० लाख माथिको ग्रस कलेक्शन गर्न बाँकी छ ।