धरान/भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय सरकारले कुटनैतिक मर्यादा बिपरितको ब्यबाहार गरेको छ । भारतीय राष्ट्रपतीको निमन्त्रणमा भारत भ्रमणमा गएकी राष्ट्रपती भण्डारीलाई इन्दिरा गान्धि अन्तराष्ट्रिय बिमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेकी छन् ।
स्मरण रहोस भारतीय राष्ट्रपती प्रणव मुखर्जी नेपाल आउदा राष्ट्रपती भण्डारी आफैले स्वागत गरेकी थिईन । राष्ट्रपती भण्डारीलार्य भारतकी महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी हुन् ।
तर, भारत सरकारले भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई स्वागतका लागि विमानस्थल पठाएको छ ।त्यसअघि विमानस्थलमा ओर्लिएलगत्तै भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले स्वागत गरेका थिए । इन्दिरागान्धी विमानस्थलबाट राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् । राष्ट्रपति भारत जाने दिन सार्बजनिक विदा दिएको सरकारले उनी फर्किने दिन शुक्रबारको विदा भने फिर्ता लिएको छ ।