काठमाडौ/ राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको क्रममा दिइएको सार्वजनिक बिदाको चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपतिको बिदेश भ्रमणकोक्रममा दुई दिन सार्वजनिक बिदा अनावश्यक र जनता र स्वयम् राष्ट्रपतिकै इच्छा बिपरित भएको त्रिभुवन विश्व बिद्यालयका सचेत बिद्यार्थी एबं नागरिक समहूले ठहर छ । अंग्रेजी केन्द्रिय बिभाग (मानबिकीं) का चौथौ सेमेष्टरका कार्यक्रम संयोजक नबराज कलौनीद्वारा जारी विज्ञप्तिमा सरकारको उक्त निर्णयको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएइको छ । ‘देश स्थानीय निकायको चुनाव जस्तो संवेदनशील अवस्थामा देशका सार्वजनिक कार्यालयहरु चुस्त दुरुस्त राखिनु पर्नेमा उल्टै जिम्मेवार निकायबाट नै बिदाको घोषण गरिनु आपक्तिजनक छ। विज्ञप्तिमा भनिएको छ । यस्ता बिदाले राष्ट्रको प्रतिष्ठा बढाउनुको सट्टा बिकास निर्माणका कार्यमा नै प्रतिकुल प्रभाव पर्ने कनौलीले बताए ।