[caption id="attachment_20439" align="alignleft" width="300"] फायल फाेटाे[/caption]

बर्दिबास/अत्याधिक रुपमा मदिरा सेवनबाट महोत्तरीको औरही गाँउपालिकामा–१ मा एक युवकको मृत्यु भएको छ। सोमबार औरही गाँउपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछयानमा फेला परेका हुन्। गाउँमा अत्याधिक मात्रामा मदिरा सेवन गरेर घर आएर सुतेका यादव विहान ओछयानमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। नाकबाट रगत आएको र मुखबाट मादक पदार्थको गन्ध आएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले यादवको मृत्यु अत्याधिक मदिरा सेवनको कारण भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। यादवको शव पोष्टमार्टमका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए।