इटहरी / चार वर्ष अघि इटहरीमा एका एक युवाको समुह सडक सफाईमा निस्किए । विस्तारै सो समुह बाक्लिदै गयो । हरेक शनिबार विहान इटहरीको सडक सफा गर्ने किप इटहरी क्लिनको अभियानमा साथ जुट्दै गयो । कुनै निकायको सहयोग नभए पनि इटहरीमा जन्मिएको किप इटहरी क्लिन अभियान पूर्वमा फैलदै गएको छ । इटहरीमै पनि थुप्रै संस्थाको साथ पाएको छ ।
अहिले किप इटहरी क्लिन, ट्वीटेरीयन सोसाइटी, जीवन विज्ञान, वार्का नेपाल लगायतका विभिन्न समुहहरुले मिलेर इटहरीको ट्याङ्ग्रा खोला सफा गर्ने अभियानमा जुटको छ । इटहरीमा लामो समयदेखि किप इटहरी क्लिन लगायतका समुहहरु सरसफाइको क्षेत्रमा क्रियाशिल छन् । टेंग्रा खोला इटहरीको बिच भागबाट बग्ने भएपनि यसको संरक्षणको लागि ध्यान दिइएका नदिइएको अवस्थामा उपमहानगरपालिका र नगरवासीलानै यो अभियान चुनौति भएको छ ।
बजारको फाहोर उचित व्यवस्थपन नहुँदा खोलामा फालिने गरिएको र वर्षामा यही खोलामा आउने बाढीका कारण इटहरी जलमग्न हुने गरेको कारण इटहरीवासीको टाउको दुखाई बन्दै गएको छ । यता अभियन्ताहरुले खोलाको सफाइ र व्यवस्थापन गरेर खोलालाई पर्यटकीय आकर्षण बढाउन प्रयोग गर्न सकिने सम्भावनाहरुको खोजी गरिरहेका छन् ।
कीप इटहरी क्लिनको अभियानबाटै खोर्सानेखापमा होमस्टे अभियान चलाईयो । अभियान कै क्रममा इटहरीलाई सफा शहरको रुपमा घोषणा पनि गरियो । दुई वर्ष अघि यसै अभियान अन्तरगत १० हजार भन्दा बढी नगरवासी एका एक जागरुक भएर वृक्षारोण गरे । कंक्रिटको जंगलले मात्रै शहर बन्दैन, पूर्ण शहर हुनका लागि त सामाजिक, साँस्कृतिक, धार्मिक, शैक्षिक विकासका आधारको चेतना स्थापित गर्नु उदेश्यले अभियान चलाएको किप इटहरी क्लिनका अभियन्ता दिव्यराज गुरुङले बताए ।