लहान/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नंको बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्ँटिदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएका र उनको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।