हेटौँडा/ मकवानपुरको मनहरि गाउँपालिका–४ हाँडीखोलमामा आज अपराह्न चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षीय बालक अशोक प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरमै बसिररहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर उनका बाबु रामकुमार प्रजा सामान्य घाइते भएकाले उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रासस