धरान/ सरकारले महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ ।बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको नियमित बैठकले जग्गा तथा घरको मालपोतमा दर्ता गर्दा लाग्ने शूल्क मिनाहा गर्ने निर्णय गरेको उर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिए ।

यस्तै बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरीका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति समेत दिने भएको छ ।यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरब कुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै वायुसेवा निगमको वाइड बढी खरिदका लागि सरकार जमानी बस्ने निर्णय पनि गरेको छ ।बैठकले सिन्धुलीको दुम्जामा बिपि कोइराला स्मृती पार्क र रामेछापमा पुष्पलाल पार्क निमार्ण गर्ने निर्णय गरेको छ ।