तीनबजेसम्मको लागि संसद स्थगित
धरान/सरकारको चित्त बुझ्दो जवाफ नआएको झोकमा बुधबार पनि एमालेले संसद अवरुद्ध पार्ने चेतावनीपछि तीनबजेसम्मको लागि बैठक स्थगित भएको छ ।
तराई मधेशमा स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै मंगलबार पनि एमालले संसद अवरुद्ध पारेका थियो । त्यसै क्रममा बुधबार पनि संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि केही घण्टाको लागि संसद अवरुद्ध भएको हो ।
स्थानीय विकासमन्त्री कमल थापाले संसदमा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले अवरोध गरेपछि संसद स्थगित भएको हो । नकेपा एमाले सचेतक भानुभक्त आचार्यले मन्त्री थापाको को जवाफ चित्त बुझ्दो नभएकाले संसद अवरुद्व गर्ने चेतावनी दिएपछि दिउँशो तीन बजे फेरी बस्नेगरी संसद बैठक स्थगित भएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































