एमाले धरान १५ ले २५० अामालार्इ सम्मान
धरान/नेकपा एमाले धरान–१५ नम्बर निर्वाचन परिचालन कमिटीले १८ औं मनमोहन अधिकारी स्मृति दिवश तथा आमा सम्मान कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
धरान–१५ श्यामचोकमा कार्यक्रम गदै ७० वर्ष माथिका २५० जना आमाहरुलाई सामूहिक रुपमा सम्मानित गरिएको छ । त्यसक्रममा शिवगंगाबस्तीकी १०८ वर्षीया सन्तमाया तामाङलाई दोसल्ला ओढाएर सम्मानित गरिएको छ । उनी २५० जना मध्ये सबैभन्दा ज्येष्ठ रहेको निर्वाचन परिचालन कमिटी संयोजक बकसमान गुरुङले बताएका छन् ।
कार्यक्रममा आमाहरुलाई प्रमुख अतिथि माननीय सांसद कृष्णकुमार राईलगायतले दोसल्ला ओढाएर सम्मानित गरेका थिए । कार्यक्रममा जिल्ला सदस्यहरु प्रदीप भण्डारी, मुरारी सुवेदी, जयकुमार राई, प्रकाश राईलगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा नेताहरुले एमालेमा मनमोहन अधिकारीको पार्टीको लागि पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
यसैक्रममा एमाले निकट अनेमन संघ धरान नगर कमिटीले पनि धरान–७ मा ज्येष्ठ आमाहरुलाई सम्मानित गरेको अनेम संघकी कमला श्रेष्ठले बताइन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































