कञ्चनपुर/ सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कम्युटर विज्ञान तथा प्रविधि अन्र्तगत भइरहेको तेस्रोे सेमेस्टरकोे अन्तिम परीक्षा शिक्षकले नै रोकेका छन ।
विश्वविद्यालयमा गत बैशाख १० गतेबाट सुरु भएको अन्तिम परीक्षा शिक्षकहरुले आफुले थप कक्षा संचालन गरे वापत तलब नपाएको भन्दै विहीबार (आज) राेकेका हुन् ।
विज्ञान तथा प्रविधि अन्र्तत कम्प्युटर पढाउने दुई जना शिक्षकले दैनिक ६ वटासम्म अतिरिक्त कक्षा संचालन गरेको भन्दै पारिश्रमिक मागेका थिए ।
पटक–पटक आग्रह गर्दा पनि पारिश्रमिक नपाएपछि परीक्षा रोकेको शिक्षकहरुले जनाएका छन् ।
सुदुरपश्चिम विश्वविद्यालय शिक्षा विभागका प्रमुख शिलनिधि चन्दले आफु केही दिन व्यक्तिगत कामले भारत गएको भन्दै यसवारे केही जानकारी नभएको वताएका छन् ।