धरान/‘देशमा हाल विकसित घटनाक्रम’ को समीक्षा गर्दै नेपाली सेनाले सुरक्षा सर्तकता अपनाउने निर्णय गरेकाे छ । सेनाले हाइ अलर्टमा रहन पनि मातहतलाइ निर्देशन दिएकाे छ । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णयपछि उत्पन्न चुनौतीलाई ख्याल गर्दै नेपाली सेनाले सुरक्षा सर्तर्कता अपनाउने निर्णय गरेको हाे । नेपाली सेनाको अाइतबार बसेकाे पीएसओ बैठकले सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको हो ।   बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘देशमा हाल विकसित घटनाक्रम’ को समीक्षा भएको बताइएको छ । सरकारले बैशाख ३१ गतेका लागि स्थानीय चुनाव घोषणा गरिसकेको अवस्था छ । र, चुनावमा पछिल्लो सुरक्षा घेरामा रहने गरी सेना परिचालनको औपचारिक निर्णयसमेत भइसकेको छ । यो अवस्थामा निर्वाचनको सुरक्षा चुनौतीलाई समेत नेपाली सेनाले ध्यान दिएको अनुमान लगाउन सकिन्छ ।