भद्रपुर/शान्ति सुरक्षालाई मध्यनजर गर्दै एक लाख ८४ हजार रुपैयाको लागतमा प्रहरी चौकीमा प्रतिक्षालयका निर्माण गरिएको छ ।
झापाको भद्रपुर ३ स्थित मेचीपारी प्रहरी चौकीमा जिल्ला समन्वय समिति झापा र भद्रपुर नगरपालिकाको सहयोगमा नवनिर्मित प्रतिक्षालयको निर्माण सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले सोमबार एक कार्यक्रमका बिच वृक्षारोपण गरी रिवन काटेर नवनिर्मित प्रतिक्षालयको उद्घाटन गरेका छन् ।
एसपी क्षेत्रीले भारतीय सीमासंग जोडिएको सदरमुकामकै टापु आकारको गाँउमा प्रहरीले शान्ति सुरक्षा गर्दै आएपनि स्थानीयले प्रहरीलाई सहयोग गर्नु पर्नेमा जोड दिए ।
सीमामा हुने अपराधिक क्रियाकलाप देखि शान्ति सुरक्षामा कुनै असर पर्ने सूचना आएमा तत्काल प्रहरीलाई सुसुचित गराउन क्षेत्रीले स्थानीयलाई आग्रह गरेका छन् ।
प्रतिक्षालय निर्माण समितिका अध्यक्ष पानीलाल राजवंशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समाजसेवी धिरेन राजवंशीले सीमासग जोडिएको गाउमा भारतीय एसएसबीले बेला बेला हस्तक्षेप गरी दुःख दिने गरेकोले यस बिषयमा चासो देखाउन क्षेत्रीलाई अनुरोध समेत गरेका थिए ।