ताप्लेजुङ / भीरबाट दाउरा झार्ने क्रममा दाउरा संगै झरेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङ्खिममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साविकको लिङ्खिम गाविस वडा नं ४ निवासी अन्दाजी ४०–४२ बर्षका बमकुमार लिम्बू रहेका छन् । खपाङ्गी भनेर चिनिने स्थानीय बिर्खबहादुर लिम्बूको घरमा दाउरा काट्ने काम गर्न गएका बमकुमार दाउरासंगै झरेपछि मृत भेटिएका थिए ।