विद्यालय २५ गतेदेखि र सरकारी कार्यालय ३१ गते विदा
काठमाडौ / सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी चुनावका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ । – रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































