बन्द भयो लाइसेन्ससम्बन्धी सेवा : अब कहिले खुल्छ ?
काठमाडौं / आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ ।
अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द गर्नुपरेको हो ।
प्रयोगात्मक परीक्षाको मिति तय भइसकेका, तोकिएका थप परीक्षार्थीको परीक्षालगायत इजाजतपत्र नवीकरण, प्रतिलिपि उतार, अञ्चलीकरण तथा अन्तर्राष्ट्रिय इजाजतपत्रको नेपालीकरणलगायतका सबै कार्य बन्द गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































