भोजपुर । भोजपुरमा बिहीबार साँझ माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । भोजपुर नगरपालिका–१ हेलौछामा एमालेका ३४ वर्षीय कार्यकर्ता शारदा तामाङमाथि माओवादी केन्द्रका ३८ वर्षीर्य कार्यकता एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् । माओवादी कार्यकर्ताले घर नजिकै जंगलमा हिँडिरहेको अवश्थामा एमालेका कार्यकर्ता तामाङलाइ गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिए लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि नै विवाद रहँदै आएको थियो । गोलीप्रहार गर्ने एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भत्र्सना गरेको छ । आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै नेकपा एमालेका सचिव शरणकुमार राईले दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । तामाङ माथि भएको गोली प्रहारको भत्र्सना गर्दै एमाले सम्बद्ध भातृ संगठनहरुले नजिकिँदै गएको निर्वाचनलाई भाँडन खोजेको आरोप लगाएका छन् । साथैे नजिकिँदै गएको स्थानीयतहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थागर्न प्रशासन समक्षमाग गरेका छन् ।