धरान/आफ्नो निर्वाचन क्षेत्रमा चुनाव हारे लगत्तै स्वास्थ्यमन्त्री गगन थापा जेनेभा तर्फ लागेका छन् । विश्व स्वास्थ्य संगठनको वार्षिक साधारणसभामा भाग लिन जम्बो टोलीको नेतृत्व गर्दै गएका हुन् । साधारणसभामा आयोगकको तर्फबाट तीन जनाको मात्रै खर्च बेहोरिने भएपनि मन्त्रीले २६ जनालाई लगेका हुन् ।
पूर्णबहादुर खड्काका भाई डा. डम्बर खड्का देखि डा. मुक्तिराम श्रेष्ठ सम्म त्यसमा छन् । नेविसंघका कार्यकर्ता चक्र गुरुङ, शैलेश सिटौला, प्रताप पौडेल पनि समेटिएका छन् ।
खगराज अधिकारीको पालामा १० जना जाँदा पनि जम्बो समिति भनेर मुख्य समाचार बनाउने पत्रकार पनि आइएनजीओसँग बाटा खर्च मागेर सँगै गएका छन् । मन्त्रीले सँगै लगेका मानिसको खर्च पत्नी डा. अन्जना केसी थापाले सेभ द चिल्ड्े«न, युनिसेफ, निकसाइमन, एनएचएसपी जस्ता गैर सरकारी संस्थाबाट चन्दा उठाएकी हुन् ।
इडिपीहरुले अरु खर्च कटाएर टोलीको खर्च ब्होरेका छन् । मन्त्रालयमा नीति, योजना, अनुगमन महाशाखा प्रमुख भोगेन्द्रराज डा्टेलले युनिसेफ लगायत विकास साझेदारलाई आफू अध्यक्ष रहेको नेपाल जनस्वास्थ्य संघलाई अनुदान कार्यक्रम दिन बाध्य बनाएर ठूलो रकम हात पारेका छन् ।
रकमान्तर, विदेश मनोनयन गर्दा पैसा लिएर मात्रै काम गरेका छन् । रामजनम चौधरी स्वाथ्यमन्त्री हुँदा १० लाख बुझाएर मध्ये पश्चिमको निर्देश बनेका डोटेल अहिले भने खान्दानी कांग्रेस भएकोमा कसैले शकां गर्न सक्दैन ।
गगनको सचिवालयमा काम गरि व्यवस्थापन महाशाखाको नीजि अस्पताल नियमन गर्ने आकर्षक स्थानमा सरुवा भएर आएका हेअ अमृत बस्नेतले नेपाल स्वास्थ्यकर्मी संघ युवा समितिको नाममा स्मारिका निकाल्ने भनी राम्रै रकम निजी अस्पतालबाट उठाएका छन् ।
जनआस्था साप्ताहिक बाट
स्वास्थ्य मन्त्री थापाकी श्रीमतीको धन्दा,कस्ले गर्ने कारबाही
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































