धरान /माओबादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणनामा अहिले तनाव सिर्जना भएको छ । आइतबार रातीबाट त्यहाँ तनाब सृजना भएको हो ।

मतपत्र च्यात्ने वाईसीएल चितवनका अध्यक्ष तथा मतगनामा बसेका माओबादीका एजेण्ट मधु न्यौपाने र अर्का माओबादी प्रतिनिधी द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतमत्र च्यातेपछि प्रहरी र माओबादी कार्यकर्ता बिच झडप समेत भएको बताइएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो । चितवनका एसपीले मतमत्रको सुरक्षा गर्न आबश्यक परे गोली समेत चलाउन आदेश दिएका थिए घटनास्थलमा रहेका सञ्चारकर्मिहरुलाई उदृत र्गदै दैनिक नेपाल अनलाइनले भनेको छ तर गोली चलाउनु पर्ने अबस्था आउन प्रहरीले दिएन ।