कुनै पनि कुराको नशा खराबै हुन्छ । आजकल धेरै युवायुवतीमा धुम्रपान र रक्सीको नशा छ । यी दुवैले स्वास्थ्यलाई ठूलो हानि गर्छन् । नशा छुटाउनका लागि अनेकौं रिह्याब सेन्टर पनि खुलेका छन् । तर घरैमा उपलब्ध केही कुरा प्रयोग गर्दा पनि नशा छुटाउन सकिन्छ ।

पानी चुरोट पिउने नशा लागेका मानिसले दिनभरि बेस्सरी पानी पिइरहनुपर्छ । यसो गर्दा पेट डम्म भइरहन्छ र चुरोट पिउन मन लाग्दैन । बेसार बेसार खाँदा शरीरलाई धेरैथरी फाइदा हुन्छ । रक्सीको नशा छुटाउन तरकारीमा अलि बढी बेसार प्रयोग गर्नुस् । अनि दूधमा बेसार हालेर पिउनुभए पनि हुन्छ । दालचिनी चुरोटको तलतल लाग्यो कि दालचिनीका टुक्राहरू सुँघ्नुस् । यसको कडा सुगन्धले निकोटिनको इच्छा पूरा गरिदिन्छ । अनि दालचिनी चपाउँदा पनि राम्रो हुन्छ । अदुवा रक्सी र चुरोटको नशा छुटाउन दिनदिनै अदुवाको टुक्रा लिएर बिस्तारै चपाइरहनुस् । केही दिन यसो गरिरहँदा लत छुट्छ । अदुवाको पेस्टमा एक चम्चा चिनी हालेर खाँदा पनि हुन्छ । दूध दूध पिउने बानी बसाल्दा पनि नशा छुटाउन सकिन्छ । दूधबाहेक दही, पनीर र लस्सीको सेवन गर्न पनि सक्नुहुन्छ । एजेन्सी