मोबाइल फोनको प्रयोग गर्दा त्यसबाट निस्कने विकिरणले मानिसलाई प्रतिकुल असर गर्ने वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले मोबाइल फोनबाट निस्कने यस्ता विकिरणका कारण पुरुषहरुमा नपुंसकताको खतरा बढ्ने तथ्यको पुष्टि गरिसकेका छन् । तर अव यस्तो खतराबाट बच्नका लागि वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुका अनुसार मोबाइलबाट निस्कने विकिरणलाई रोक्नका लागि एक विशेष किसिमको कट्टुको आविश्कार गरिएको छ । अधिकांश पुरुषले आफ्नो मोबाइल पाइन्टको खल्तीमा राख्ने गर्दछन् । त्यसैले मोबाइलबाट निस्किने विकिरणको असरबाट शुक्राणुलाई जोगाउन यो कट्टु लाभदायक हुने वैज्ञानिकहरुको ठहर छ ‘क्राउन ज्वेल्स अन्डरवियर’ नाम दिइएको यो कट्टु चार जर्मन वैज्ञानिकले आविष्कार गरेका हुन् । जसको प्रयोगले मोबाइलबाट पुरुषमा हुने नपुंसकता अन्त्य हुने उनीहरुको दाबी रहेको छ ।