धरान/संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या नबढाएसम्म चुनावमा सहभागी नहुने अडान लिएको राष्ट्रिय जनता पार्टीले चुनाव केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उसले मसाल जुलुसदेखि बन्द हड्तालसम्मका कार्यक्रम आयोजना गरेर निर्वाचनमा सहभागी नहुने जनाएको हो ।
बिजुलीबजारस्थित पार्टी कार्यलयबाट चुनाव लक्षित कार्यक्रम घोषणा गर्दै राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन पनि नभएको र स्थानीय तहको संख्या पनि नबढाइएको भन्दै चुनाव बहिष्कार गर्ने बताएका हुन् ।
“न त संविधान संशोधन भयो न त स्थानीय तहको संख्या नै बढाइयो । त्यसैले हामी भोलीदेखि नै आन्दोलनमा जादैंछौं,” आन्दोलनबारे प्रकाश पार्दै महन्थ ठाकुरले भने ।
सोमबारदेखि सुरु हुने आन्दोलन कार्यक्रम अन्तर्गत राजपाले आन्दोलनको पहिलो दिन सदरमुकाममा मसल जुुलुस निकाल्नेछ भने ३० गतेदेखि २ गतेसम्म मधेस थरुहट र लिम्बूवान बन्दको आह्वान गरेको छ ।
त्यस्तै, राजपाले निर्वाचन विथोल्नको लागि गाउँपालिका र नगरपालिकामा ३० र ३१ गते माइकिङ् समेत गर्ने विज्ञप्तीमा उल्लेख छ ।
राजपा नेपालले सार्वजनिक गरेको आन्दोलन कार्यक्रम : जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस जेठ ३० देखि असार २ गतेसम्म थरुहट, मधेस र लिम्बूवान बन्द गर्ने जेठ ३० र ३१ म गाउँपालिका र नगरपालिकामा चुनावको विरोधमा माइकिङ गर्ने असार १ गते शहीदहरुको तस्वीरमा माल्यार्पणाका साथै खबरदारी सभा गर्ने असार २ गते निर्वाचन केन्द्रमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने असार ३ र ४ गते सहिदहरूको तस्बिर प्रदर्शन गर्ने असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने असार ६ देखि १४ सम्म निर्वाचनसम्बन्धी कार्यक्रमहरू अवरोध गर्ने असार ८ गते सदरमुकामहरुमा मोटरसाइकल र्याली निकाल्ने असार १० देखि अनिश्चितकालीन आम हड्ताल