हामी सबैको रगत रातो भए पनि रक्त समूह अर्थात ब्लड ग्रुप एउटै हुँदैन । त्यसकारण फरक–फरक रक्त समूह भएका मानिसलाई फरक खानेकुरा खाँदा फाइदा हुन्छ भनेर चिकित्सकहरु सल्लाह दिन्छन् । त्यसोभए कुन रक्त समूहका मानिसहरुले के खानेकुरा खाने त ?
ब्लड ग्रुप ए यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी खानु राम्रो मानिन्छ । दूध र यसबाट बनेका परिकार, भात र आँटा कम गर्दा राम्रो हुन्छ । तर, दही र सोया मिल्क खानु राम्रो मानिन्छ । कुखुरा र खसीको मासु यो रक्त समूहका मानिसले कम खानु राम्रो हुन्छ ।
ब्लड ग्रुप बी यो समूहको रगत भएकाहरूले सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो हुन्छ । ब्लड ग्रुप एबी यो कम मान्छेमा पाइने ग्रुप हो । यो ग्रुप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन । ब्लड ग्रुप ओ यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो हुन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो हुन्छ ।