काठमाडौं/ चीनका चिकित्सकहरुले एक यस्तो अपरेशन गरेको बताएका छन्, जो मेडिकल साइन्सको इतिहासमा दुर्लभ घटना हुन सक्छ ।

चिकित्सकहरुले अपरेशन गरेर एक व्यक्तिको पेटबाट यति ठूलो चिज बाहिर निकाले की जसलाई अपरेशनमा संलग्न डक्टरहरुले नै विश्वास गर्न सकेका छैनन् । यस्तो अपरेशन चीनको साङ्घाइ शहरमा अवस्थित एक अस्पतालमा भएको हो ।

पेट बढ्दै गइरहेका कारण ती व्यक्तिले लामो समयदेखि केही खान पाइरहेका थिएनन् । कम उमेरका ती व्यक्तिको उमेरसँगै पेटपनि बढ्दै गइरहेको थियो । तर स्थानीय स्तरमा उक्त रोगको उपचार गर्न कुनै पनि डाक्टरहरुले हिम्मत गर्न सकेनन् ।

तर अन्तिममा १० जना डक्टरको समूहले उनको अपरेशन सुरु गर्यो । डाक्टरहरुको समूह त्यतिबेला छक्क पर्यो जब ती व्यक्तिको पेटबाट ३० इन्चको आन्द्रा बाहिर निकालियो । उक्त आन्द्राको तौल १३ किलोग्राम छ ।

अपरेशनमा संलग्न चिकित्सकहरुको समूहका इञ्चार्ज डा. यीन लुका अनुसार यदि छिट्टै ती व्यक्तिको पेटबाट उक्त आन्द्रा बाहिर ननिकालिएको भए उनको मृत्यु हुन सक्थ्यो ।

अपरेशन पश्चात ती व्यक्तिको स्वास्थ्य अवस्था सुधार भइसकेको छ । तर डाक्टरहरुले ती व्यक्तिको नाम भने सार्वजनिक गरेका छैनन् ।