बच्चाहरू प्रायः खानेबेलामा किचकिच गर्छन् । खाना नखानका लागि उनीहरू बहाना बनाउँछन् । भोक लागेन र खानेकुरा खाएनन् भने बच्चाहरूको विकास रोकिन्छ । उनीहरूको शरीरमा कमजोरी पनि हुन्छ । यहाँ बताइएका घरेलु उपाय अपनाएर आफ्नो बच्चाको भोक जगाउनुस् । १ स्याउ बच्चालाई भोक लागेन भने स्याउ खान दिनुस् । यसले बच्चाको रगत सफा गरिदिन्छ र भोक लगाइदिन्छ । स्याउसँग बीरेनून पनि दिनुहोला । बच्चोले स्याउ खाएन भने जुस पिलाउनुभए हुन्छ । २ पुदीना पुदीनाको प्रकृति चिसो हुन्छ । अलिकति पुदीनाको रसमा मह मिसाउनुस् र यो मिश्रणलाई एक चम्चा मनतातो पानीका साथ खुवाउनुस् । यसो गर्दा पेट सफा हुन्छ र भोक लाग्न शुरु गर्छ । ३ हरियो साग हरिया सागसब्जी बच्चालाई खुवाउनुभयो भने कब्जियतबाट राहत प्राप्त हुन्छ र पेटमा ग्यास जम्न पाउँदैन । अनि बच्चोलाई भोक लाग्छ । एजेन्सी