धरान/परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

बिहान आठ बजे बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो ।  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हो ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

१२ हजार २ सय ८४ परीक्षार्थी 'ए प्लस' शीर्ष ग्रेडिङमा परेका छन्। यसवर्ष एसइईका लागि ४ लाख ८३ हजार ९६७ जना विद्यार्थीले फारम भरेका थिए । जसमध्ये १०००६ जना परीक्षामा अनुपस्थित भएका थिए ।  परीक्षामा ४ लाख ६२ हजार ५६४ जना रेगुलर र १६ हजार ५७२ जना एक्जाम्टेडतर्फ उत्तिर्ण भएका छन् ।

अाफ्नाे नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस  ?