विजयपुर/नेकपा (एमाले) धरानका उप सचिब धनप्रसाद राईको शनिबार बिहान असामहिक निधन भएको छ । बिहान मर्निङवाकमा निस्केका उप सचिब राई वीपी सुन्दर बजारको सार्बजनिक सौचालय छेउमा बिहान करिब ४ बजे हिड्दै गर्दा ढलेको अबस्थामा फेला परेका थिए ।
बेहोस अबस्थामा फेला परेका राईलाई हामीले तत्काल उपचारका लागि लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु¥याइएका थियौ तर चिकित्सकले उहाँलाई मृत घोषणा गर्यो धरान १८ बाट एमालेका वडाअध्यक्षका उमेद्धार नबिन राईले भने । जिल्ला खेलकुद बिकाश समिती सुनसरीका अध्यक्ष समेत रहेका राई सुगर र प्रेशरका बिरामी थिए । ५६ बर्षिय राई एमालेका प्रिय तथा लगनशील नेता थिए ।असार १४ गते हुने स्थानिय तहको निर्बाचनमा एमालेका उमेद्धारलाई बिजयी गराउने अभियानमा सक्रिय रुपमा लागेका राईको असाहमिक निधनले आफुहरुलाई अतुलनिय क्षति भएको एमाले धरानले जनाएको छ ।२०१८ साल पुस पौस ७ गते भोजपुरको ओख्रेमा जन्मिएका राई ले धरानको डिपोट उच्च माबि र निकेत स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए । २०५८ सालमा धरान १८ निवासी कला राईसँग बैबाहीक जिबनमा बाधिएका राईका ११ र ५ बर्षका दुई छोरी छन्।२०३५ सालमा अनेरास्वबियुबाट राजनैतिक जीबन सुरु गरेका उनले २०४७ सालमा बिधिवत रुपमा नेकपा एमालेको संगठित सदस्य भएका थिए ।२०४९ ।
२०५४ सालमा धरान १८ को वडाध्यक्षको रुपमा निर्बाचित भई सामाजीक क्षेत्रमा समेत उनले उल्लेख्य योगदान गरेका थिए । नेकपा एमाले धरानको उप सचिबको रुपमा र्दुइ कार्यकाल काम गरि रहेका राई बिभिन्न सामाजीक संघ संस्थामापनि आबद्ध थिए ।उप सचिब राईको शनिबार नै धरानको हरियाली सामुदायीक बनमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार गर्नु अघि धरानमा शबयात्रा निकालिएको थियो । शब यात्रापछि एमाले धरानको पार्टि कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि शब राखिएको थियो । एमाले पार्टि कार्यालयबाट धरान रङगशालामापनि श्रदाञ्जलीका लागी शबलाई राखिएको थियो । उनलाई एमाले केन्द्रिय कमिटी सचिब तथा एक नम्मर प्रदेश संयोजक भिमप्रसाद आचार्य,केन्द्रिय कमिटीका बैकल्पीक सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौला,सहित एमालेका जिल्ला,क्षेत्र नगर तथा वडाका नेता तथा कार्यकर्ताले श्रदाञ्जली दिएका थिए ।