धरानमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते
धरान /धरान–१५ स्थित महादेव चोक नजिकै सोमबार मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।
को १६ प ३२९६ नम्बरको मोटरसाइकलको ठक्करले धरान–१५ की विवस राईकी ५ वर्षीया छोरी दिब्य रहेकी छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किएकी छन् ।
पैदल हिड्दै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































